माओवादी नेता अग्नि सापकोटा नेतृत्वको टोली चीन जाँदै
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन भ्रमणमा जाने भएको छ । सभामुखको जिम्मेवारीबाट निस्किएपछि पहिलोपटक सापकोटा जेठ पहिलो साता चीन भ्रमणमा जान लागेका हुन् । सापकोटाको नेतृत्वमा १८ जनादेखि २० जनाको टोली चीन भ्रमणमा जान लागेको पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकाटा ‘दीपशिखा’ले बताए ।
‘चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी टु पार्टी सम्बन्ध विस्तार र अनुभव आदनप्रदानमा जान लाग्नुभएको हो । नियमित यसरी नै चल्दै आएको कार्यक्रम अन्तर्गत उहाँहरु जान लाग्नुभएको हो’ सापकोटाले भने, ‘यो लामो समयदेखि चल्दै आएको छ । यो कार्यक्रममा कांग्रेस, एमालेका नेताहरुसमेत जाने आउने गर्नुहुन्छ ।’
कुनै विशेष कार्यक्रमभन्दा पनि नियमित कार्यक्रम अन्तर्गत सापकोटा चीन भ्रमणमा जान लागेका हुन् । सापकोटाको नेतृत्वमा अरु पार्टीका नेता र जनवर्गीय संगठनका नेताहरु समेत सहभागी हुने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित