लिफ्ट मागेर काममा पुगे अमिताभ बच्चन, ब्लगमा लेखे – धन्यवाद

बलिउड अभिनेता अमिताभ बच्चनले सोसल मिडियामा एउटा फोटो सेयर गरेका छन् । उक्त फोटोमा उनी एउटा बाइककाे पछाडि बसिरहेकाे देख्न सकिन्छ ।
उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो घटना उल्लेख गर्दै लेखेका छन्, ‘राइडका लागि धन्यवाद साथी ।’
‘तपाईंलाई चिन्दिनँ तर तपाईंले मलाई समयमा नै कर्मथलो पुग्न मद्दत गर्नुभयो । तेज गतिमा कहिल्यै ठिक नहुने ट्राफिक जामबाट जोगाउँदै । क्याप, सर्ट र पहेँलो टी–सर्टका मालिकलाई धन्यवाद ।’
अभिनेता अमिताभले पछि ब्लगमा लेखे, ‘बाइकको सवारी र यो चलाउने उत्साह कहिल्यै मेटिँदैन... युवावस्थाको सुरुवाती वर्षका दिन दिमागमा आए... कलेजका ती दिन र पिकनिकका ती समय जब परिवारको कार प्रयोग गर्ने अनुमति पाइन्थ्यो ।’
‘ती निर्धक्कका दिन । रमाइलो पल । तर अब सावधानी र सतर्कता अपनाउनु पर्छ । आखिर जीवन नियममा बाँधिएको छ । यो जीवनको हिस्सा हो ।’
उनले लेखे, ‘गाडी चलाउँदै काममा जाऊँ भन्ने धेरै पटक लाग्छ । त आजकाल मानिसहरूले जसरी बाइक चलाउँछन्, त्यो चिन्तित पार्ने किसिमको छ । उनीहरू नियम तोड्दै हिँड्छन् ।’
‘ड्राइभिङ लाइसेन्स कहाँबाट पाउँछन् होला जबकि ड्राइभिङको आधारभूत कौशलमा नै प्रश्न गर्न सकिन्छ... हेलमेट छैन, नीति नियम छैन, ट्राफिक नियम पालना नगरी हिँड्छन् ।’
‘यस्तो अवस्थामा निराशा रिसमा बदलिन्छ र कारबाट बाहिर निस्किएर उनीहरूलाई धेरै पटक सर–सल्लाह दिन मन लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
-
झापामा सुनचाँदी र नगद चोरी
-
चार जना मृत फेला
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु