रुसी भूभागमा आक्रमण गरिरहेका छैनौँ : जेलेन्स्की

बर्लिन । रुसका लक्ष्यहरू प्रहार गर्ने युक्रेनको कुनै योजना नरहेको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दाबी गरेका छन् । जर्मनीमा नयाँ रक्षा सहायता प्याकेज सुरक्षित गरेसँगै उनले सो कुरा बताएका हुन् ।
रुसले युक्रेनले यस महिनाको सुरुमा मस्कोको क्रेमलिनमा ड्रोन आक्रमणसहित देशभित्र बारम्बार लक्ष्यहरू प्रहार गरेको आरोप लगाएको छ। युक्रेनले आरोपहरू अस्वीकार गर्दै आएको छ ।
बर्लिनमा चान्सलर ओलाफ स्कोल्जसँगको वार्तापछि उनले भने, ‘हामी रुसी भूभागमा आक्रमण गरिरहेका छैनौँ । हामी अवैध रूपमा कब्जा गरिएका क्षेत्रहरू हटाउनका लागि प्रतिआक्रमणको तयारी गरिरहेका छौँ।’
स्कोल्जले युक्रेनलाई ‘आवश्यक भएसम्म’ समर्थन गर्ने वाचा गरे र २.७ बिलियन युरो मूल्य बराबरको हतियार दिने घोषणा गरे । यसमा उन्नत जर्मन लियोपार्ड ट्याङ्कहरू तथा युक्रेनलाई लगभग दैनिक घातक रुसी मिसाइल र ड्रोन आक्रमणहरूबाट बचाउन थप एन्टी-एयरक्राफ्ट प्रणालीहरू समावेश छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !