अफगानिस्तानबाट ७७ पेस्तोल बरामद

गार्देज । अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा अफगान सुरक्षा बलले ७७ थान पेस्तोल बरामद गरेको छ ।
हातहतियार तस्करी नियन्त्रणका लागि चलाईएको अभियानमा ठूलो मात्रामा हतियार बनाउने सामानसहित अवैध ७७ थान पेस्तोल बरामद गरिएको प्रान्तीय प्रहरी कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
कथित तस्करहरूले अवैध रूपमा हतियारहरू प्रदेशबाहिर सार्ने प्रयास गरिरहेका थिए, तर शनिबार राति डान्ड–ए–पाटन जिल्लामा नियमित जाँचको क्रममा प्रहरीले उनीहरूलाई रोकेको थियो ।
तस्करहरू भाग्न सफल भएको स्वीकार गर्दै विज्ञप्तिमा दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउने प्रयास भइरहेको उल्लेख गरिएको छ । सुरक्षा फौजले छिमेकी खोस्त प्रान्तमा विगत केही दिनयता पाँच थान एके–४७ र पाँच थान पेस्तोलसहित एक दर्जनभन्दा बढी हतियार बरामद गरेको छ ।
अफगानिस्तानको कामचलाउ सरकारले सुरक्षा निकायभन्दा बाहिर बस्ने जोकोहीसँग पनि हातहतियार र गोलाबारुद संकलन गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिष्ठानले विगत १८ महिनामा ट्यांक र बख्तरबन्द सवारी साधनलगायत हलुका र भारी हतियारका हजारौं थान सङ्कलन गरेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा