विज्ञापन बोर्डविरुद्धको आन्दोलनमा विज्ञापन व्यवसायी

काठमाडौँ । विज्ञापन ऐन र नियमावलीले विज्ञापन व्यवसाय संकटमा परेको भन्दै विज्ञापन व्यवसायी आन्दोलनमा उत्रिएका छन् । वि.सं. २०७६ सालमा बनेको विज्ञापन ऐन र २०७७ सालमा बनेको विज्ञापन नियमावलीले विज्ञापन व्यवसाय नै संकटमा परेको व्यवसायीहरुको भनाई छ ।
यस्तै, विज्ञापनलाई व्यवस्थित बनाउने लक्ष्यसहित स्थापना गरेको विज्ञापन बोर्डले समेत एकाधिकार गर्न खोजेको विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले बताए । धितालले रातोपाटीसँग भने, ‘सरकारले बनाएको ऐन र नियमावली तथा विज्ञापन बोर्डले व्यवसायीलाई नै संकटमा धकेल्न खोज्यो । यही विषयको विरोधमा सकड आन्दोलनमा उत्रिएका छौं ।’
सुरुमा व्यवसायीले नै विज्ञापन ऐन र विज्ञापन बोर्ड चाहिन्छ भनेर माग राखेपनि व्यवसायीलाई नै हटाउने गरी ऐन बनेको धितालको भनाई छ । यस्तै, बोर्डले समेत विज्ञापन व्यवसायीको प्रतिनिधित्व नहुने गरी विभिन्न मन्त्रालयका सचिव र मिडिया सञ्चालकलाई प्रतिनिधि राखेको कारण व्यवसाय नै संकटमा परेको धितालले बताए ।
यो व्यवस्थाका कारण सयौं विज्ञापन व्यवसायी धराशायी बनेको धितालले बताए । यही विषय सरकारलाई बुझाउन आन्दोलनमा उत्रिएको संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस