राप्रपाले भन्यो–नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका लागि नेपाल प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिन नेपाल सरकारसँग माग गरेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सो प्रकरणलाई स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन गर्नका लागि नेपाल प्रहरीलाई वातावरण बनाई दिन नेपाल सरकार, नागरिक समाज र सञ्चार क्षेत्रसँग पनि आग्रह गरेका हुन् । सो प्रकरणमा मुछिएकाहरूले प्रहरीको अनुसन्धानमाथि नै प्रभाव पार्ने खालका गतिविधि गरिरहेका समाचार आइरहेका बेला उनले आइतबार आफ्नै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै नेपाल प्रहरीले राम्रो काम गरिरहेकाले त्यसलाई स्वतन्त्रतापूर्वक अघि बढन दिनुपर्ने स्पष्ट पारे ।
अध्यक्ष लिङ्देनले सो प्रकरणमा संलग्नहरु ढिलोचाँडो सबै तानिने उल्लेख गर्दै उनीहरु कसैले पनि उन्मुक्ति पाउन नहुने दोहो¥याए । उनले सो प्रकरणलाई शिथिल, कमजोर र फासफुस बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए ।
राप्रपाले सो प्रकरणको विरोधमा यही जेठ ४ गते काठमाडौँको वसन्तपुरमा खबरदारी सभा गर्ने भएको छ । सो प्रकरण र मुलुकमा विद्यमान भ्रष्टाचार र भ्रष्टाचारीहरूको विरोधमा खबरदारी सभा गर्न लागिएको पनि अध्यक्ष लिङ्देनले बताए ।
यसैबीच, राप्रपाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको भावी कार्ययोजनाबारे छलफल गर्न जेठ १ गते सोमबार (भोलि) पार्टी केन्द्रीय कार्य समितिको बैठक समेत बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन
-
रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्यो माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश