सोमबारदेखि एमडिएमएस पुनः कार्यान्वयन हुने, अब नयाँ मोबाइल दर्ता अनिवार्य
![सोमबारदेखि एमडिएमएस पुनः कार्यान्वयन हुने, अब नयाँ मोबाइल दर्ता अनिवार्य](https://rpcdn.ratopati.com/media/albums/NTA-001_wvJB8MtMeM.jpg)
काठमाडौँ । सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) पुनः कार्यान्वयन हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो ।
सूचनाअनुसार नेपालमा प्रयोग हुने मोबाइल सेटलाई अनिवार्यरुपमा एमडीएमएसमा दर्ता गर्न सुरु गरिने छ ।
यस्तै अब विदेशबाट आउँदा एक यात्रीले २ वटा मोबाइलसम्म ल्याउन पाइने व्यवस्था गरेको छ । एमडिएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।
प्राधिकरणले नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयंमले एमडिएमएसमा दर्ता गर्न सक्ने जानकारी दिएको छ । साथै व्यक्तिगत प्रायोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरु एमडिएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्टिङ स्टार'काे प्रि-जजमा २२२ जनाले देखाए अभिनय कला
-
बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु
-
आज ८ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
‘साइबर अपराध नियन्त्रणमा मेटा र टिकटक सहयोगी, अरूको बेवास्ता’
-
नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्य : केसी
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)