एचएचसीए र भ्याली पब्लिक सेमिफाइनलमा

काठमाडौँ । एचएचसीए र भ्याली पब्लिक स्कुल राजधानीमा जारी ‘छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता’ को सिनियर छात्रातर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एचएचसीले क्वार्टरफाइनलमा लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई १६–१२ अंकले पराजित ग¥यो । एचएचसीएकी पेमा लामाले ७ अंकको योगदान गरिन् । अनिता गुरुङको ९ अंकको सहयोगमा भ्याली पब्लिकले काठमाडौँ ग्लोबललाई २६–१५ ले पराजित ग¥यो ।
सिनियर छात्रातर्फकै अन्य खेलमा पृथ्वीले आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १६–१३ अंक र फेरिल्यान्डले नेपाल मोडेललाई १५–१० अंकले पाखा लगाए । विजयी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । पृथ्वीकी बविता घिमिरेले ८ र फेरिल्यान्डकी कृपा न्यौपानेले ६ स्कोर गरे ।
जुनियर छात्रतर्फ बीएनएले सिद्धार्थ मोडेललाई १९–१५ अंक, एन्जल्स हार्टले फेरिल्यान्डलाई १५–१२ अंक, गोल्डेनपिकले ओडीसी इन्टरनेसनल एकेडेमीलाई १८–१२ अंक र स्किब्सले ईडेन ब्रिज एकेडेमी (इबीए) लाई १७–११ अंकले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । बीएनएका सुशान्त मगरले ९, एन्जल्स हार्टका रुपेश पौडेलले ७, गोल्डेनपिकका अमन गुरुङले ९ र स्किब्सका सोहन ठकुरीले ८ अंक बटुले ।
सिनियर छात्रतर्फको थ्री बाई थ्री स्पर्धामा ग्रिनल्यान्डले गोल्डेनपिकलाई २१–१३ अंक, भ्याली पब्लिकले ओडिसीलाई ९–६ अंक, एचएचसीएले पृथ्वीलाई ११–७ अंक र ईबीएले बीएनएलाई ११–८ अंकले पाखा लगाए । विजयी टोलीले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’