२६ औँ पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति बने पासाङ

काठमाडौँ । एक नेपाली पथप्रदर्शक विश्वको सर्वोच्च शिखर सगरमाथाको २६ औँ पटक सफलतापूर्वक आरोहण गर्ने दोस्रो व्यक्ति बनेका छन् । ४६ वर्षीय पासाङ दावा शेर्पाले कामी रिता शेर्पाको कीर्तिमान बराबरी गरेको पर्यटन विभागका अधिकारी विज्ञान कोइरालालाई उद्धृत गर्दै रोयर्टसले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
उता कामी रिता शेर्पा पनि सगरमाथा आरोहणका क्रममा रहेकाले उनले नयाँ कीर्तिमान बनाउने सम्भावना रहेको छ । पासाङ दावाले हंगेरीका क्लाइन्टसँग सगरमाथा आरोहण गरेको उनको कम्पनी इम्याजिन नेपाल ट्रेक्सले जनाएको छ ।
नेपालले यो वर्ष सगरमाथा आरोहणका लागि ४६७ जना पयर्टकहरुलाई अनुमति पत्र जारी गरेको छ । सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक आरोहण गरेपछि सगरमाथा ११ हजारभन्दा बढी पटक आरोहण गरिसकिएको छ । यसक्रममा कम्तीमा ३२० जनाले ज्यान पनि गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईदले सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले
-
निरन्तर बढ्दै शंकास्पद कारोबार, कुन अपराधमा कस्तो अवस्था ?
-
उपकुलपति बरालको राजीनामाबारे सुमना : सक्षम व्यक्तिहरू आत्मसम्मानमा ठेस पुऱ्याएर पदमा बस्दैनन्
-
आज त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
-
राष्ट्रिय बाह्य मिचाहा प्रजाति रणनीति स्वीकृत
-
कजारियाको नयाँ सोरुम धनगढीमा