हरियाणाको मदिरा पसलमा आगलागी, पाँच करोड नष्ट
आइतबार, ३१ वैशाख २०८०, १४ : ४८
गुरुग्राम । भारतकाे हरियाणाको गुरुग्रामस्थित मदिरा पसल आइतबार जलेर नष्ट भएको छ ।
गल्फ कोर्स रोड नजिकै रहेको पसलमा लागेको आगो नियन्त्रणका लागि सातवटा गाडी घटनास्थलमा पुगेको र नियन्त्रणको प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।
आगलागीबाट पाँच करोडको मदिरा जलेर नष्ट भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।-(रासस-एएनआई)