भरतपुर महानगरपालिकाद्वारा १ सय २६ छात्राहरुलाई साइकल वितरण

भरतपुर । छात्रासँग मेयर कार्यक्रम अन्तरगत भरतपुरका १ सय २६ छात्राहरुलाई साइकल वितरण गरिएको छ । छात्राहरुलाई शिक्षाको पहुँच पुर्याउने उद्देश्यले ०७६ सालदेखि यो कार्यक्रम लागु गरिएको थियो ।
आइतबार एक कार्यक्रका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छात्राहरुलाई साईकल वितरण गरिन् । महानगरपालिकाले ६ वडाका १३ विद्यालयमा अध्ययन गर्ने विपन्न छात्राहरुलाई साईकल वितरण गरिएको महानगरपालिकाको सामाजिक विकास महाशाखाले जनाएको छ ।
महानगरपालिकाले यस अघि २२ वटा वडाका विपन्न छात्रालाई साईकल वितरण गरिसकेको छ भने वडा नं २९ को विद्यालयलाई स्कुल बस प्रदान गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका प्रमुखमा महिला निर्वाचित भएसँगै महिलामैत्री महानगर बनाउन भरतपुर अस्पतालमा महिलालाई निःशुल्क ओपिडि टिकट, छोरी जीवन बीमा, छात्रासँग मेयरजस्ता धेरै कार्यक्रम सञ्चालनमा ल्याईएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?
-
प्रधानमन्त्री ओली लुम्बिनीमा
-
मनमोहन अधिकारीले ल्याएको कार्यक्रमको जस अहिले पनि एमालेले पाइरहेको छ : पूर्वराष्ट्रपति भण्डारी