४ जना नेपालीले प्रतिवर्ष १ लाख डलरसहितको छात्रवृत्ति पाए

काठमाडौँ । अमेरिका सरकारले चार जना नेपालीलाई फुलब्राइट स्कलरसिप प्रदान गरेको छ । डा.सञ्जीव गुप्ता, सरिता परियार, शिशिर लामिछाने र रस्मिता सुवाललाई उक्त स्कलरसिप प्रदान गरेको हो ।
डा. गुप्ता, जसले सामुदायिक अस्पताल स्थापना गरेर नेपालमा स्वास्थ्य सेवाको लागी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनी भक्तिवेदान्त हस्पिटलको सीईओ हुन् । परियार लेखक तथा अभियान्ता हुन् भने लामिछाने नेपाल सरकारका उपसचिव हुन् । त्यस्तै रस्मिता सुवाल नेशनल फरेन्सिक अफिसमा वरिष्ठ वैज्ञानिक अधिकृत हुन् ।
उनीहरूलाई प्रत्येक वर्ष १ लाख अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गर्नेछ । फुलब्राइट स्कलरसिप भन्नाले अमेरिकी सरकारद्वारा विभिन्न देशका समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका र पढाइमा जेहेन्दार व्यक्तिहरुलाई लक्षित गरेर दुई वर्षका लागि दिने छात्रवृत्ति हो ।
यो छात्रवृत्ति पाउनेले जे १ भिसामा अमेरिका जान र त्यहाँका अति उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न पाउँछन् । उनीहरुलाई जहाजको टिकटदेखि खाना बस्नको सम्पूर्ण सुविधासहित जनही १ लाख डलर प्रतिवर्ष उपलब्ध गराइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो चट्याङ ? चट्याङ लागेर किन मान्छे मर्छन् ? | श्रीराम शर्मा - चट्याङविद्
-
राष्ट्र बैंकले पेन्सन कोषको ९७ करोड लगानी गर्दै
-
वर्षा गराउने प्रणाली उत्तरपूर्व सर्दैछ, सतर्क रहौँ : महाशाखा
-
मधेस प्रदेशसभा अधिवेशन अन्त्य
-
२१ महिनामा कर्णालीमा बन्यो ६५ पुल
-
नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा चन्द निर्वाचित