कतारमा रहेका नेपाली बालबालिकालाई पढ्ने अवसर
काठमाडौं । कतारस्थित नेपाली समुदायका बालबालिकाले त्यही पढ्न पाउने भएका छन् । त्यसका लागि कतारको शिक्षा मन्त्रालयले ५ वटा शैक्षिक संस्थालाई अनुमति दिएको छ । ती शैक्षिक संस्थामा कतारको शिक्षा मन्त्रालयले तोकेको आर्थिक र उमेर अनुसारको मापदण्ड पुरा गरेको हुनुपर्नेछ । दोहास्थित नेपाली दूतावासले विद्यालयमा भर्ना हुन नपाएका बालबालिकाहरू ती विद्यालयहरूमा भर्ना गर्न अनुरोध गरेको छ ।
एजुकेशन एभब अल फाउण्डेशनबाट विद्यालयमा भर्ना नभएका बालबालिकालाई अध्ययनको पहुँचमा ल्याउने उद्देश्यले कतारस्थित नेपाली समुदायका भ्यालिड क्यूआईडी भएका तर, कतारका कुनै पनि विद्यालयमा भर्ना नभएका बालबालिकाले पढ्न पाउने व्यवस्था मिलाइएको हो । गैर–अरबी भाषी समुदायहरूका बालबालिकालाई कतारमै पढ्न पाउने व्यवस्था मिलाइएको हो ।
ती स्कूलले अंग्रेजी भाषामा ब्रिटिश क्याम्ब्रिज पाठ्यक्रम अन्तर्गत ग्रेड १ देखि ६ सम्मको शिक्षा प्रदान गर्नेछन् । त्यसरी पहिलो असलम स्कूलमा पढाउन सिट सुरक्षित गर्नका लागि आर्थिक योग्यता मापदण्डहरू तोकिएका छन् । र ती मापदण्ड पुरा गरेको हुनुपर्नेछ । दोस्रो असलम स्कूलमा कक्षा १ देखि १२ सम्मको पढाई हुनेछ । जहाँ कतारको नेशनल करिकुलन अनुसार अरेबिक भाषामा हुनेछ । त्यसका लागि कतारको शिक्षा मन्त्रालयले तोकेको उमेर अनुसार पढ्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला