संयुक्त राष्ट्रसंघ एजेन्सीको अनुमान : सुडानबाट १ लाख इथियोपियाली स्वदेश फर्किन सक्ने
आइतबार, ३१ वैशाख २०८०, १२ : २८

सुडान । सुडानबाट एक लाख इथियोपियालीहरू र करिब ३० हजार तेस्रो देशका नागरिकहरू इथियोपिया प्रवेश गर्ने प्रक्षेपण गरिएको छ । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालयले सो अनुमान गरेको हो।
सुडानबाट इथियोपिया प्रवेश गर्ने व्यक्तिको संख्या सुडानमा हाल चलिरहेको राजनीतिक अवस्थाका कारण बढ्न सक्ने पनि प्रक्षेपण गरिएको छ । अहिलेसम्म यस्ता व्यक्तिहरूको सङ्ख्या १८ हजार ५०० नाघेको छ । सुडानबाट छिमेकी इथियोपियामा मानिसहरूको आगमनको बारेमा पछिल्लो स्थिति बढ्दो क्रममा छ ।
अप्रिलको मध्य देखि नै सुडानबाट आउने मानिसहरूलाई इथोपियाले आश्रय दिरहेको छ ।
इथियोपियाबाट फर्केकाहरू, तेस्रो(देशका नागरिकहरू, साथै सुडानीहरू अम्हारा, बेनिशाङ्गुल गुमुज र गाम्बेलाका क्षेत्रहरूमा सीमा पार गर्ने बिन्दुहरू मार्फत यहाँ प्रवेश गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलग हुँदै सबैभन्दा लामो चुम्बनको विश्व कीर्तिमान बनाएको जोडी
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
हङकङका अर्बपतिले पानामा नहरको बन्दरगाह अमेरिकी कम्पनीलाई बिक्री गर्ने
-
लक्ष्यअनुसार धान किन्न खाद्य कम्पनी असफल
-
हुन्डी कारोबारीले नेपाल ल्याउँदै गरेको २५ लाख रुपैयाँ बरामद
-
थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो