उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा (केटो) लाई प्रकृतिमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो । निकुञ्जका पशु चिकित्सक डा.विजय श्रेष्ठकाअनुसार डार्ट नगरिकनै ट्रकमा राखेर ती दुई गैँडालाई तामिताल पुर्याएर छाडिएको छ । निकुञ्जमा आमाबाट छुटेको अवस्थामा भेटिएका पुष्पा र अञ्जली नामका ती दुई बच्चालाई निकुञ्जकै नवलपरासी क्षेत्रबाट उद्धार गरी ल्याइएको थियो ।
श्रेष्ठका अनुसार पुष्पालाई सन् २०२० को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीबाट उद्धार गरिएको थियो । एक दुई महिनाको उमेरमा आमाबाट छुटेका उनीहरुलाई हुर्काएपछि प्राकृतिकरुपमा छाडिएको उनले बताए । पुष्पा र अञ्जलीलाई यतिबेला प्राकृतिकरुपमा घाँस खोजेर खानसक्ने भएका छन् । उद्धार गरी हुर्काइएका कतिपय जङ्गली जनावर मित्रराष्ट्रलाई दिने, कतिपयलाई चिडियाघरमा त कतिपयलाई प्राकृतिमा राख्ने गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले सबै मन्त्री र सचिवसँग बजेटबारे छलफल गर्दै
-
जहाँ देवीलाई चढाइन्छ दाम्लो
-
बुधबार रातिको चट्याङ र हावाहुरीले अछामका घरहरूमा क्षति
-
हिन्दुराष्ट्रको माग गर्दै र्याली, तस्बिरहरु
-
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
-
अग्रिम जमानतको व्यवस्था गर्ने कानुन आगामी अधिवेशनमा पेस हुन्छ : मन्त्री चौरसिया