‘मोखा’ चक्रवातले रोहिङ्ग्या शरणार्थीको बिजोग

काठमाडौँ । बंगालको खाँडीबाट सुरु भएको शक्तिशाली चक्रवातका कारण पछिल्लो समय बङ्गलादेश र म्यानमारमा ठुलो जनधनको क्षति भएको छ । गत बुधवार बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको हो ।
पछिल्लो समय यसको प्रभाव झनै बढ्दो स्थितिमा देखिएको छ । छेउछाउका अन्य राष्ट्रहरूमा पनि यसको प्रभाव पर्नसक्ने मौसमविद्हरूको अनुमान छ । यसको सबैभन्दा ठुलो असर घरबारविहीन अवस्थामा रहेका लाखौं रोहिङ्ग्या शरणार्थीमा पनि परेको छ ।
आफूहरूमाथि हिंसात्मक दमन बढ्दै गएपछि थातथलो छाडेर म्यानमारबाट भागेका लाखौं रोहिङ्ग्या बंगलादेशमा शरण लिन पुगेका थिए । उनीहरू म्यानमारको राखिन राज्यबाट विस्थापित भएका हुन् । उनीहरू घना जङ्गल र डरलाग्दा बाटाहरू काटेर बंगालको खाडी पार गरी बङ्गलादेश पुगेका थिए ।
अहिले करिब १० लाख रोहिङ्ग्या शरणार्थी बंगलादेशको कक्स बजार क्षेत्रमा आश्रय लिइरहेका छन् । त्यसैले यतिबेला बंगलादेशको कक्स बजार विश्वकै सबैभन्दा ठुलो शरणार्थी शिविरका रूपमा परिणत भएको छ ।
पछिल्लो समय उनीहरूको व्यवस्थापनमा राष्ट्र संघले सक्रियता देखाउँदै आएको छ । तर, यतिबेला रोहिङ्ग्या शरणार्थीमाथि प्रकृतिको मार परेको छ । ‘मोखा’ नाम दिइएको शक्तिशाली चक्रवातका कारण उनीहरूको जनजीवन कष्टकर बनेको समाचारमा जनाइएको छ ।
घरबारविहीन रोहिङ्ग्या शरणार्थीका लागि बनाइएका घरहरू अस्थायी प्रकृतिका छन् । उनीहरू बाँस र खरले बनाएको छाप्रोमा बस्दै आएका छन् । उनीहरू बस्दै आएको क्षेत्रमा चक्रवातको सबैभन्दा ठुलो प्रभाव देखिएको छ ।
शक्तिशाली ‘मोखा’ चक्रवातले थुप्रै रोहिङ्ग्या शरणार्थीको आश्रय स्थल भत्काएको छ । एउटै छाप्रोमा थुप्रै शरणार्थी कोचाकोच गरेर बस्नुपर्ने अवस्था छ । चक्रवातका कारण विकसित भएको तीव्र गतिको हावा, वर्षा, पहिरोका कारण उनीहरूको जनजीवन झनै कष्टकर बनेको छ ।
रोहिङ्ग्या शरणार्थीका लागि बनाइएको आश्रयस्थलले ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बहने हावालाई मात्र थेग्नसक्ने विज्ञहरूले बताएका छन् । तर, यतिबेला कक्स बजार क्षेत्रमा त्योभन्दा निकै तीव्र गतिको वाहा चलिरहेको छ ।
‘तल्लो क्षेत्रमा बसेका शरणार्थीहरू सबैभन्दा बढी प्रभावित भएका छन् । उनीहरुले बाढी पहिरोको पनि सामना गर्नुपरेको छ । चक्रवातका कारण उनीहरुको आश्रय स्थल भत्किएको छ । यतिबेला उनीहरू समस्यामा परेका छन्,’ रोहिङ्ग्या शरणार्थीको रेखदेखमा खटिएका राष्ट्र संघका प्रतिनिधि अर्जुन जैन भन्छन् ।
उनीहरूको आश्रय स्थल बनाउन थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको जैनले सीएनएनसँगको कुराकानीमा बताएका छन् । पछिल्लो चक्रवातका कारण खासगरी वृद्ध, बालबालिका र महिलाहरू सबैभन्दा बढी प्रभावित भएका छन् । रोहिङ्ग्या शरणार्थीको शिविरमा आश्रय स्थलसँग खानपिनको पनि समस्या देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग