दुई दशकपछि बङ्गलादेशमा शक्तिशाली आँधी आउँदै, 'मोखा'बाट बचाउन ५ लाखलाई सुरक्षित स्थानमा सारियो

ढाका । अकल्पनीय ‘मोखा’ आँधीको चेतावनीसँगै ५ लाख बङ्गलादेशीलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातले विध्वंस निम्ताउने सक्ने भन्दै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोखाको सम्भावित बिध्वसबाट बचाउनका लागि बङ्गलादेशी सरकारले १५ सय अस्थायी शिविर निर्माण गरेको छ । जसमा ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरिएको छ ।
प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने ‘मोखा’ नामको आँधीले बङ्गलादेशको कक्स बजार बढी प्रभावित हुन सक्ने आकलन गरी सो शिविरहरू निर्माण गरिएको हो । सो आँधी आइतबार साँझ कक्स बजारको जमिनलाई तहसनहस गरेर अघि बढ्ने मौसमविद्हरूले अनुमान गरेका छन् । सोही बजारमा करिब १० लाख शरणार्थी अस्थायी शिविरमा बसोबास गरिरहेका छन् ।
हाल बङ्गलादेशमा भारी वर्षा भइरहेको छ भने आँधीबाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ । यसैगरी, कक्सलगायतका बङ्गलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरूमा निरन्तर साइरनसहित रातो झन्डा फहराएर चेतावनी दिइएको छ । अझै केही दिनसम्म सक्रिय रहने मोका आँधीले बाढी पहिरो समेत ल्याउन सक्ने भन्दै सर्वसाधारणलाई सुरक्षित हुन अपिल गरिएको छ ।
बङ्गलादेशले दुई दशकपछि आइरहेको सबै भन्दा शक्तिशाली आँधीको रूपमा मोखालाई लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक