बालेनपछि बोले बाबुराम– ‘केही आँप कुहिए भन्दैमा सबै आँप नफालौँ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा कडा टिप्पणी गरेलगतै नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराईले उनलाई घुमाउरो शैलीमा जवाफ फर्काएका छन् ।
भट्टराईले गणतन्त्रका संस्थापकहरूलाई सोलोडोलो रूपमा नसराप्न आग्रह गर्दै क्रान्तिकालमा आफ्नो टाउकोको मूल्य तोकिएको प्रसंग जोड्दै त्यससम्बन्धी पत्रिकामा छापिएको सूचना पनि सार्वजनिक गरेका छन् । उनले प्रतिगामी हल्लाको पछि नलाग्न आग्रह गर्दै नेतालाई गाली गर्दा न्याउरी मारी पछुतो हुने कुरा उल्लेख गरेका छन् ।
डा.भट्टराईले भनेका छन्– ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका संस्थापकहरू सबैलाई सोलोडोलो सराप्ने प्रवृत्तिबाट बचौँ । लोकतन्त्र विना भ्रष्टाचारमुक्त समृद्ध समाज कतै बनेको छैन भन्ने बुझौँ ।
क्रान्तिकालमा कसरी गणतन्त्रका निम्ति लड्नेहरूको टाउकाको मूल्य तोकिएको थियो र शान्ति कालमा उनीहरूको कसरी मिडियामार्फत चरित्रहत्या हुँदा अदालतबाट उनीहरूले मानहानीको मुद्दा जितेका थिए भन्ने सम्झौँ । सत्य तथ्य बुझौँ, प्रतिगामी हल्लाको पछि नलागौँ । न्याउरी मारी पछुतो होला ।’
उनले आफ्नो स्टाटसमा न्याउरी मारी पछुतो शीर्षकको लघुकथा समेत उल्लेख गरेका छन् । शनिवार डा.भट्टराई भष्ट्राचारको विरोध गर्दै सडकमा धर्ना बसेका थिए । उनलाई लक्षित गर्दै काठमाडौंका मेयर शाहले घुमाउरो शैलीमा स्टाटस लेखेपछि भट्टराईले पनि घुमाउरो शैलीमा जवाफ फर्काएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल