बालेनले पोखे आक्रोश– ‘नेतालाई सिधै बागमतीमा चोपल्नुस्’

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेताहरूले गरेको भष्ट्राचार विरुद्धको सडक आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । शनिवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आक्रोश पोखेका हुन । उनले नेताहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनका नाममा नाटक गरेको भन्दै सिधै बागमतीमा चोपल्नुस् भन्दै आक्रोश पोखेका छन् ।
बालेनले लेखेका छन्–‘भ्रष्टाचार विरुद्धको आन्दोलन ? ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपल्नुस् ।
यस्तो सडक नाटक धेरै देखिसक्यो हाम्ले ।
पत्याउँदिन म चही ।
तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’
काठमाडौँ महानगर प्रमुख शाहले प्रायः शनिवारका दिन आक्रोश मिश्रित कडा टिप्पणी सार्वजनिक गर्ने गरेका छन् । शनिवार काठमाडौँमा डा.बाबुराम भट्टराई, हिसिला यमी, रवि लामिछाने लगायतका नेता भ्रष्टाचार विरुद्ध सडकमा धर्ना कार्यक्रममा सहभागी थिए । नेताहरुको सो कार्यक्रमप्रति मेयर शाहले आक्रोश पोखेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा