प्लेअफ छनोटतर्फ अघि बढ्दै लखनउ

हैदरावाद । लखनउ सुपरजायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादमाथि लगातार तेस्रो जित हात पारेको छ । टोलीले हैदरावादलाई उसैको घरेलु मैदानमा ७ विकेटले पराजित गरेको हो । यो जितसँगै लखनउले प्लेअफ छनोटतर्फ अर्को कदम अगाडि बढाएको छ । टोलीको खातामा १३ अंक छ ।
टस जितेर ब्याटिङ गरेको हैदरावादले आफ्नो घरेलु मैदानमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । १८३ रनको लक्ष्य लखनउका ब्याट्सम्यानले १९.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।
निकोलस पुरानको १३ बलमा नटआउट ४४ रनको विस्फोटक पारीले लखनउलाई जित दिलायो। टोलीले पहिलो १२ ओभरमा ७५ रन मात्र बनाएको थियो । पुरनका अलावा प्रेरक मङ्कडले ४५ बलमा अविजित ६४ रन बनाए । मार्कस स्टोइनिसले २५ बलमा ४० र क्विन्टन डिककले १९ बलमा २९ रन बनाए । ग्लेन फिलिप्स, मयंक मार्कण्डे र अभिषेक शर्माले एक-एक विकेट लिए ।
यसअघि हैदरावादका लागि हेनरिक क्लासेनले २९ बलमा ४७ रन बनाएका थिए । ओपनर अनमोलप्रीत सिंहले २७ बलमा ३६ रन बनाए । क्रुणाल पाण्ड्याले २ विकेट लिए भने युधवीर, आवेश खान, यश ठाकुर र अमित मिश्राले एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो
-
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हब बनाउन मुख्यमन्त्रीको प्रस्ताव
-
‘ग्रे–लिस्ट’ मा परेसँगै लगानी आउँदैन, अब मध्यावधिमा गएर देशलाई निकास दिनुपर्छ’