जसपाको विधान अधिवेशन प्रतिनिधि बन्न कम्तीमा ५ वर्ष पार्टीमा काम गरेको हुनुपर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले विधान अधिवेशनमा प्रतिनिधि छनौट गर्न पार्टी समिति र संगठनहरुले पालना गर्नुपर्ने नियमहरू बनाएको छ । विभिन्न पार्टी समिति, भ्रातृसंगठन र पेसागत संगठनहरुलाई प्रतिनिधि छान्नका लागि ६ बुँदे नियम पालना गर्नुपर्ने बताइएको छ ।
छनौट हुने प्रतिनिधि कम्तीमा ५ वर्ष निरन्तर पार्टी सदस्य भई कार्य गरेको हुनुपर्ने छ । प्रतिनिधि चयन गर्दा सम्बन्धित पार्टी समिति वा संगठनको बैठकबाट निर्णय गर्नुपर्ने छ ।
भ्रातृसंगठनबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि आफू सम्बद्ध संगठनमा कम्तीमा ५ वर्ष निरन्तर संगठित भई कार्य गरेको र पार्टी सदस्यता प्राप्त गरेको हुनुपर्ने छ । सबै प्रदेश, जिल्ला तथा जनवर्गीय/भ्रातृसंगठन लगायतका समितिले प्रतिनिधि छनौट गरिएको सम्बन्धित समितिको माइन्यूट अर्थात् निर्णयको प्रतिलिपि समेत केन्द्रीय कार्यालयमा ज्येष्ठ २५ गतेसम्म पठाइसक्नुपर्ने छ ।
निर्वाचन वा अन्य समयमा पार्टी अनुशासन उल्लङ्घन गरी पार्टी विरोधी गतिविधिमा संलग्न भएको व्यक्ति विधान अधिवेशन प्रतिनिधि हुन पाउने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकांश तरकारीको मूल्य घट्यो, कुन कति घट्यो ?
-
निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव
-
१४ दिनदेखि सडकमै छन् शिक्षक, भर्ना अभियान अन्योल (तस्बिरहरू)
-
सरकारी कार्यालयमा पेन्सन नपाउने कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
-
अपाङ्गताको पेन्सन थाप्न १६ वर्ष बोल्न नसक्ने अभिनय
-
सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति