जनमत धनुषाद्वारा भातृ संगठनका पदाधिकारी चयन
शनिबार, ३० वैशाख २०८०, १६ : १५

काठमाडौँ । जनमत पार्टी धनुषा जिल्ला समितिले विभिन्न भातृ संगठनको पदाधिकारी चयन गरेको छ । सो पार्टीको युवा जनमत संघको संयोजकमा देव महरा, सहसंयोजकमा धर्मनाथ साह र सहसंयोजकमा इजाज अन्सारीलाई चयन भएका छन् । जनमत पार्टीका नेता बीपी साहका अनुसार चिकित्सक जनमत संघको जिल्ला संयोजकमा डा.अशोक साह, सहसंयोजकमा डा.सुनिल महासेठ र सहसंयोजकमा खुशी पाण्डेलाई चयन गरिएको छ ।
त्यस्तै खेलकुद जनमत संघको जिल्ला संयोजकमा ललन यादव, सहसंयोजकमा समसुद्धिन राजालाई चयन गरेको छ भने मुस्लिम जनमत संघको जिल्ला संयोजकमा हारुल नदाफलाई चयन गरेको नेता साहले बताए । जनकपुरस्थित जनमत पार्टीको केन्द्रीय सचिवालयमा भएको एक कार्यक्रमार्फत विभिन्न दलका नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको १९ ठाउँमा होली सम्बन्धी कार्यक्रम
-
चन्द्रागिरीमा आत्मदाह प्रयास प्रकरण : युवकका परिवारले दिए प्रहरीमा जाहेरी
-
जसपा नेपालनिकट विद्यार्थी युनियनले राजर्षी जनक विश्वविद्यालयमा बुझायो ज्ञापन
-
एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै
-
रास्वपा कार्यालयमा मनाइयो होली
-
नेपाली खेलाडी प्रभालाई लङ्जम्पमा रजत