सभामुखमा महराको उम्मेदवारी दर्ता, प्रतिपक्षलाई दिए धन्यवाद
काठमाडौँ । माओवादी सांसद् कृष्णबहादुर महराले सभामुख पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
बिहान करिब सवा ११ बजे संघीय संसद भवन पुगेर उनले बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा एमाले सांसद सुवास नेम्वाङ र समर्थकमा देव गुरुङ रहेका छन् ।
मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै महराले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताए ।
उनले भने, ‘प्रतिपक्षले पनि सभामुखमा उम्मेदवार नउठाउने सुनेको छु । यसका लागि वहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’
माओवादीले उनलाई सभामुख बनाउने औपचारिक निर्णय शुक्रबार बिहान गरेको थियो ।
माओवादीले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने अनौपचारिक सहमति हिजो नै गरे पनि औपचारिक घोषणा शुक्रबार गरिएको हो ।
एमालेसँगको भागबन्डामा माओवादीलाई सभामुख परेको थियो ।
कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुँदैछ ।
सचिवालयले आजै दिउँसो १ः३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने मतदान भोलि १ बजे हुनेछ ।
भोलि सभामुखका लागि चुनाव हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी
-
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबिच प्रायोजन सम्झौता
-
रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री
-
सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
-
उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
-
स्मरण शक्तिलाई धारिलो बनाउँछन् यस्ता बानीले