हुथी विद्रोहीको ड्रोन आक्रमणमा यमनका ३ सरकारी सैनिकको मृत्यु

यमन । यमनको मारिब प्रान्तमा हुथी मिलिसियाले गरेको ड्रोन हमलामा कम्तीमा तीन यमनी सरकारी सैनिकको मृत्यु भएको । सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई यसबारे पुष्टि गरेका हुन् ।
नाम न छाप्ने शर्तमा स्थानीय सरकारी अधिकारीले हुथी समूहले रातभर मारिबको हरिब जिल्लामा रहेको सरकारी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा तीन सैनिकको मृत्यु भएको हो ।
अधिकारीले भने, 'हुथीहरूले बिहीबार राति विस्फोटक पदार्थले भरिएको ड्रोनले हरिब क्षेत्रमा तैनाथ हाम्रा सैनिकहरूलाई निशाना बनाई ठूलो विस्फोट गराए ।' ड्रोन आक्रमण सरकारी सेना र इरान समर्थित हुथीहरू बीच चलिरहेको द्वन्द्वमा सापेक्ष शान्त अवधिको बीचमा हुने गरेको छ । यद्यपि आक्रमणका घटनाममा भने कमी आएको छ ।
यमनको तेलसम्पन्न मारिब प्रान्त बहुमूल्य स्रोतहरूले नियन्त्रणको लागि विभिन्न गुटहरूलाई बीच झडप हुने गरेको छ।
हुथी मिलिशियाले सन् २०१४ मा सानाबाट थुप्रै उत्तरी शहरहरू आफ्नो नियन्त्रणमा लिएका छन् र सानाबाट साउदी समर्थित यमनी सरकारलाई हटाएपछि यमन गृहयुद्धमा फसेको छ। यस द्वन्द्वले ठूलो सङ्ख्यामा हताहती भएको छ र मानवीय सङ्कटको तर्फ धकेलिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी