हरिवंश र केकीलाई उत्कृष्ट अभिनेता अभिनेत्री अवार्ड

काठमाडौंँ । अभिनेता हरिवंश आचार्य र अभिनेत्री केकी अधिकारी उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । शुक्रबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित ‘सिने सर्कल अवार्ड’ मा आचार्य ‘महापुरुष’ र अधिकारी फिल्म ‘झिँगेदाउ’ बाट वर्ष २०७९ को उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका हुन् ।
वि.सं २०७७, ०७८ र ०७९ सालमा रिलिज भएका फिल्मलाई एकसाथ अवार्ड प्रदान गरिएको कार्यक्रममा नेपाली फिल्म क्षेत्रमा ३ दशकभन्दा लामो समयदेखि मेकअपको विधामा रहेर काम गरिरहेका सन्तु तामाङ र ४ दशकदेखि भान्छामा काम गर्दै आएका कुलबहादुर महतलाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरियो । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले सन्तु र कुलबहादुरलाई सम्मान पत्र प्रदान गरेका थिए । दुबैलाई सम्मानमा ५१–५१ हजार नगद राशि पनि थियो ।
मदनकृष्ण श्रेष्ठ, पूजा शर्मा, सुरक्षा पन्त, प्रदीप खड्का, पल शाह, दीपेन्द्र के खनाल, दीपेन्द्र लामा, दीपाश्री निरौला लगायत थुप्रै सेलिब्रेटी उपस्थित कार्यक्रममा ‘प्रेमगीत ३’ का निर्देशक सन्तोष सेन, ‘छक्का पन्जा’ की दीपाश्री निरौला, ‘लुट’ का निर्देशक निश्चल बस्नेतले ट्रेन सेट अवार्ड पाए । कार्यक्रममा ‘क्याराभान’ का निर्देशक इरिक भ्यालीलाई पनि अवार्ड दिइएको थियो ।
वर्ष २०७७ बाट दीपेन्द्र लामा, सामिप्यराज तिमल्सिना(गोपी), मानकृष्ण महर्जन (छिरिङ),निमेष श्रेष्ठ(साइली), विपिन कार्की(गोपी), स्वस्तिमा खड्का (बुलबुल) र फिल्मः गोपीले अवार्ड प्राप्त गरे । वर्ष २०७८ बाट दीपेन्द्र के खनाल (आमा), पल शाह र पूजा शर्मा (म यस्तो गीत गाउँछु २), सौरभ लामा (म यस्तो गीत गाउँछु २), दीर्घ खड्का (आमा), दयाहाङ राई(कबड्डी ३), सुरक्षा पन्त (आमा),फिल्म आमाले अवार्ड थापे ।
वर्ष २०७९ बाट जीवन शाही (प्रकाश),विश्व घिसिङ (लाखे),कपिल रिजाल (ह्यारी कि प्यारी), रोशन श्रेष्ठ(नालापानी),रामकृष्ण ढकाल (हिजो आजका कुरा),अस्मिता अधिकारी (बाबरी), दीपक शर्मा (छक्का पन्जा ४), कविराज गहतराज(छक्का पन्जा ४), धिरज मगर र अदिति वुढाथोकी (बाबरी), बनिष शाह र भूपेन्द्र अधिकारी (प्रेमगीत ३), विष्णु कल्पित (झिँगे दाउ), प्रदीप भट्टराई (महापुरुष), हरिवंश आचार्य (महापुरुष), केकी अधिकारी (झिँगे दाउ), प्रदीप भट्टराई (महापुरुष), फिल्म महापुरुष, प्रदीप खड्का (प्रकाश), दिया मास्के (प्रकाश) ले समेत अवार्ड प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध