टेलिकमको आम्दानी ६७ करोडले बढ्यो, नाफा २ करोडले घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको चैतसम्मको अवधिमा नेपाल टेलिकमको आम्दानी ६७ करोड २९ लाख रुपैयाँले बढेको छ । टेलिकमले दिएको जानकारी अनुसार गत वर्षको यही अवधिको तुलनामा चैत मसान्तसम्मको अवधिमा ६७ करोडभन्दा धेरैले आम्दानी बढेको हो ।
गत वर्षको यही अवधिमा टेलिकमले ३२ अर्ब ५३ करोड ६७ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो । ६७ करोड रुपैयाँले बढेसँगै टेलिकमको आम्दानी ३३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यस्तै, गत वर्षको तुलनामा टेलिकमको कूल सञ्चालन आएमा भने ८७ करोड २९ लाख रुपैयाँले कमी आएको छ ।
यससँगै, यस अवधिमा टेलिकमको सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा आइपुगेको छ । जबकी, गत वर्षको यही अवधिमा २८ अर्ब २१ करोड रुपैयाँ कूल सञ्चालन आय थियो ।
टेलिकमको आम्दानी बढे पनि नाफामा भने गिरावट आएको छ । ९ महिनाको अवधिमा टेलिकमले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा गरेको छ । जबकी, यो गत वर्षको यही अवधिको तुलनामा २ करोड ३३ लाख रुपैयाँले कम हो । गत वर्षको यो अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ नाफा गरेको थियो ।
यस्तै, यस अवधिमा टेलिकमले ब्याजदरमा आएको वृद्धिका कारण समेत मनग्य नाफा आर्जन गरेको छ । टेलिकमले यसमार्फत हुने आम्दानी १ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ बढाएको छ । यस्तै,विदेशी विनिमयदरमा आएको वृद्धिका कारण समेत टेलिकमले ५ करोड ४६ लाख रुपैयाँ कमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सहुलियत गुम्नुअगाडि नै देशहरूसँग द्विपक्षीय सम्झौता गर्नुपर्छ’
-
विद्युत् अवरुद्ध हुँदा कर्णालीमा नेपाल टेलिकमको सेवा सञ्चालनमा कठिनाइ
-
कुशलपछि आसिफ शेखको अर्धशतक
-
कुशलले तोडे दीपेन्द्रको रेकर्ड
-
काठमाडौँ विश्वविद्यालयमा अखिल (क्रान्तिकारी)ले थाल्यो रिले अनशन
-
दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, भुवन महरा पुनः सभापति निर्वाचित