'दिनरात श्रमदान गरेँ, आज हर्क साम्पाङ मुर्दावाद भन्छन्'
शनिबार, ३० वैशाख २०८०, ०८ : ४८

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो मेहनतको कदर नभएको गुनासो गरेका छन् ।
पानीको समस्या देखाएर राजनीति गर्न चाहेकाहरू नै आफूलाई असफल बनाउन लागि परेको उनको आरोप छ । नियोजित रूपमा खानेपानीको पाइपमा आगो लगाइएको भन्दै उनले निराशा पोखेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्- 'दिन रात एक बनाएर धराने जनताको सेवामा जुटेँ, बजेटको काम मात्रै होइन श्रमदान अभियान चलाएरै धेरै विकास निर्माणका कामहरू गरेँ त्यसैले आज 'हर्क साम्पाङ मुर्दावाद'को नारा घन्कियो ! आज पाइप लाइनमा डढेलो समेत लगाइयो ! वा... भाइ वा... धन्यवाद छ तिनलाई जसले जनताको खानेपानी पाउने अधिकार खोसेर सधैँ भरि पानीको अभाव देखाई राजनीति गर्न चाहेको छ ! वा...'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनादेखि अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
-
२०८१ साल : राजनीतिक उथलपुथल र चर्चित सात घटना
-
वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
-
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
-
बकैयाका ५९ भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण
-
२०८१ साल : हिन्दी फिल्मलाई ‘माथ’ दिएको वर्ष