लघुकथा : कटक्क मन

“साहिँला आज कसको मेलामा गयौ ?” मैले सोधेँ ।
“आज उदयनन्द बा को रोपाइँ थियो । साँझ परिसक्दा दुइटा गरा बाँकी थियो । हल के फुकाउनु । भ्याउँछु भन्दा रातै पर्यो । धान रोप्न त भ्याएनन्, एउटा गरो बासी छोडे । भोलि जालान् बाँकी मेलो सक्न ।” साहिँलाले भन्यो ।
ऊ कोठामा जाने बेलामा भित्री चोकमा रहेको मेरो पसलमा आउँछ । उसले सधैँ जसो किराना सामान लैजाने मेरै पसलबाट हो । एक पकेट चुरोट, एउटा बटारे, दुई केजी चामल, एक पाउ चिनी, कहिलेकाहीँ नुनको पकेट, रातो दाल यस्तै यस्तै सामान उसले लैजान्छ ।
“आज पनि लैजाने होला नि सामान ?” मैले सोधे ।
उसले आज चामल, रातो दाल र नुन मात्र लियो ।
“यो चाहिँदैन ?” मैले बटारे र चुरोटको प्याकेट देखाउँदै सोधेँ ।
“भयो अब बरु चकलेट दिनु न ।” उसले भन्यो ।
मैले एउटा ललिपप दिएँ ।
उसले भन्यो “यो त खाएकी छ छोरीले । अर्को राम्रो गतिलै चकलेट लैजानु प¥यो दिनु न । छोरीले बा मलाई पनि प्याट्ट भाँचेर खाने मिठाइ ल्याई देऊ न भनेर कटक्क मन कटाउँछे ।”
उसको इसारा क्याटवरी, नेस्ट्ले अथवा यस्तै चकलेटतर्फ थियो ।
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि