सूर्यको शतकमा तेस्रो स्थानमा उक्लियो मुम्बई

मुम्बई । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स (जीटी) लाई २७ रनले पराजित गरेको छ । प्लेयर अफ द म्याच सूर्यकुमार यादवले आफ्नो आईपीएल करियरको पहिलो शतक बनाए । उनको इनिङ्सका कारण एमआई अंक तालिकाको ३ नम्बरमा पुगेको छ ।
वानखेडे स्टेडियममा गुजरातले टस जितेर बलिङ रोजेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । जवाफमा गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्रै बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको मुम्बईका इशान किशन (३१ रन) र कप्तान रोहित शर्मा (२९ रन)ले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात गराए । तेस्रो नम्बरमा खेल्न आएका सूर्यकुमार यादवले अविजित १०३ रन बनाए । विष्णु विनोदले ३० रनको योगदान दिए । गुजरातका लागि राशिद खानले ४ विकेट लिए । मोहित शर्माले एक विकेट लिए ।
२१९ रनको लक्ष्य पछ्याएको गुजरातको सुरुवात राम्रो हुन सकेन । टोलीले २६ रनमा तीन विकेट गुमाएको थियो । ओपनर ऋद्धिमान साह २, शुभमन गिल ६ र कप्तान हार्दिक पाण्ड्या ४ रन बनाएर आउट भए । विजय शंकरले २९ र डेभिड मिलरले ४१ रनको योगदान दिए । राशिद खानले ३२ बलमा ७९ रन बनाएर जितको अन्तर घटाए । राशिदले अल्जारी जोसेफसँग ४० बलमा अविजित ८८ रनको साझेदारी गरे।
मुम्बईसँग पराजित भएपछि तालिकाको शीर्ष स्थानमा रहेको गुजरातको प्लेअफमा पुग्नको लागि पर्खाइ केही समय थपिएको छ । लिग चरणका ५७ खेल खेलिएका छन् । प्रतियोगिताका बाँकी १३ खेलले प्लेअफका लागि १० मध्ये ४ टोलीको निर्णय गर्नेछ । अहिलेसम्म कुनै पनि टोली छनोट हुने दौडबाट बाहिरिएको छैन ।
गुजरात टाइटन्सलाई २७ रनले हराएपछि मुम्बई इन्डियन्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको १२ खेलमा ७ जित र ५ हारपछि १४ अंक छ । प्लेअफमा सिधै छनोट हुनका लागि अब मुम्बईले बाँकी दुवै खेल जित्नुपर्नेछ।
मुम्बईसँगको हारपछि पनि गुजरातको टोली अंक तालिकाको शीर्ष स्थानमा छ । उसको १२ खेलबाट ८ जित र ४ हारसहित १६ अंक छ। उसले हैदरावाद र बैंगलोरसँग २ खेल खेल्न बाँकी छ । २ खेल मध्ये एउटा पनि जित्यो भने टोली प्लेअफमा पुग्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो
-
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हब बनाउन मुख्यमन्त्रीको प्रस्ताव
-
‘ग्रे–लिस्ट’ मा परेसँगै लगानी आउँदैन, अब मध्यावधिमा गएर देशलाई निकास दिनुपर्छ’
-
‘अहिले अर्थतन्त्रमा ग्रहण लागेको छ, ग्रे–लिस्टबाट बाहिर ल्याउन सरकार गम्भीर हुनुपर्छ’