राष्ट्रिय वीच भलिबलको सेमिफाइनल समीकरण पूरा

तानसेन । पाल्पाको रानीमहलमा जारी राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । रानीमहल परिसरमा शुक्रबार भएको खेलमा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस र कर्णाली प्रदेशले अन्तिम चारमा स्थान बनाएका हुन् ।
लिगकम नकआउटका आधारमा सञ्चालित उक्त प्रतियोगिताको शुक्रबार भएको समूहगत चरणको खेलमा सुदूरपश्चिम अनुपस्थित भएपछि आर्मी क्लब विजयी बन्यो । दोस्रो खेलमा आयोजक पाल्पाले बागमती प्रदेशलाई २१–१४ र २१–११ तथा तेस्रो खेलमा एपीएफले मधेस प्रदेशलाई २१–१२ र २१–१० अंकको सोझो सेटमा पाखा लगायो ।
समूहगत चरणको अन्तिम खेलमा पुलिसले कर्णाली प्रदेशलाई २१–११ र २१–१४ को सोझो सेटमा हराएको थियो । शुक्रबार नै भएको पहिलो क्वार्टरफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई २१–११ र २१–१४ को सोझो सेटमा हरायो । अर्को खेमा कर्णालीले गण्डकीलाई २१–१७ र २१–१४ अंक तथा एपीएफले लुम्बिनी प्रदेशलाई २१–१० र २१–१२ अंकले पाखा लगाए ।
अन्तिम क्वार्टरफाइनल खेलमा पुलिसले आयोजक पाल्पामाथि २१–९ र २१–१५ अंकको जित निकाल्यो । फाइनल प्रवेशका लागि आर्मी र कर्णाली तथा एपीएफ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
यसैगरी उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । चौथो हुने टोलीले सानत्वना पुरस्कार स्वरुप २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफीसहित १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनमा बिहीबारबाट सञ्चालन भएको उक्त प्रतियोगितामा ६ प्रदेश, ३ विभागीय क्लब र आयोजक गरी कूल १० टोलीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन