हेटौँडा उपमहानगरले बजेटका लागि क्यूआर काडमार्फत सुझाव संकलन गर्दै
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि सुझाव संकलन कार्य क्यूआर कोड मार्फत गर्ने भएको छ । प्रविधिको बढ्दो प्रयोगलाई मध्येनजर गर्दै उपमहानगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमाथि सुझाव संकलनका लागि क्यूआर कोड सार्वजनिक गरेको हो ।
उपमहानगरपालिकाले नीति तथा कार्यक्रममाथि नगरवासीको सुझाव तथा सल्लाह संकलनका लागि बिहीबार क्युआर कोड सार्वजनिक गरेको हो । सुझाव संकलनका लागि तयार पारिएको क्युआर कोड उपमहानगरपालिकाको फेसबुक पेज र ट्विटर एकाउन्टमार्फत सार्वजनिक गरिएको छ भने प्रत्येक वडा कार्यालय, सहरी स्वास्थ्य केन्द्रहरुमा समेत टाँस गरिएको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवं हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए । स्मार्ट फोनमार्फत सो क्यूआर कोट स्क्यान गरी आगामी वर्षमा नगर क्षेत्रको विकासका लागि कस्ता योजनाहरु ल्याउँदा उपयुक्त हुन्छ, विगतका योजनाको प्रभावकारिता लगायतका विषयमा जो कोहीले पनि सुझाव दिन सक्ने उनले बताए ।
उक्त सुझावहरुलाई अध्ययन गरी आवश्यकताका आधारमा उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गर्ने उपमहानगरपालिकाको तयारी रहेको छ । नागरिकको हित र विकासका लागि उपमहानगरपालिकाले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रममा उनीहरुको सहभागिता र आवश्यकताका विषयमा बुझ्न क्यूआर कोट मार्फत सुझाव संकलन गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले बताइन् । मेयर लामाका अनुसार क्यूआर मार्फत सुझाव संकलन गर्दा नागरिकहरुलाई अपनत्व बोध समेत हुने देखिन्छ । नगरवासी नागरिकहरूको सुझावले हेटौँडाको विकास र समृद्धमा महत्त्वपूर्ण भूमिका खेल्न उनको विश्वास रहेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा विभिन्न चरणमा विज्ञ र सरोकारवाला पक्षसँग निरन्तर छलफल भइरहेको र उक्त छलफलबाट प्राप्त सुझावलाई उपमहानगरपालिकाको विषयगत समिति, शाखा, महाशाखा माफत् कार्यान्वयनमा लगिने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुम्बन गर्दा सर्छ माउथ अल्सर ?
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत
-
सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमा सांसदको विरोध
-
भन्सार शुल्क घटाउँदा पनि किन घट्यो सुन आयात ?
-
सुशासन स्थापित गर्न दुई ठुला दल मिलेर सरकार बनाएका हौँ : मन्त्री राणा
-
इसेवा र मोबाइल बैंकिङमा समस्या