इलामको माई नगरपालिकामा यु–२० राष्ट्रिय रग्बी प्रतियोगिता

इलाम । इलामको माई नगरपालिकामा आगामी जेठ २६ गतेबाट यु–२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ । माई नगरपालिका—४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको बारे शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।
जेठ २७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सात वटा प्रदेश र चार वटा क्लबका महिला तथा पुरुष खेलाडी सहभागी हुनेछन् । नेपाल रग्बी संघको आयोजना तथा प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ र माई नगर रग्बी संघको संयोजन रहनेछ । प्रतियोगितामा दुई सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहने छ ।
प्रतियोगिताबाट नेपाली उमेर समूहको राष्ट्रिय टोली समेत छनौट गरिने नेपाल रग्बी संघ इलामका अध्यक्ष गंगा फियाक बिजुले जानकारी दिए । केन्द्रीय स्तरबाट इलाममा आयोजना भएको यो नै पहिलो राष्ट्रिय प्रतियोगिता हो । संघीयताको पूर्ण अभ्यास स्वरुप जिल्ला जिल्लामा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना अघि बढाउनु सकारात्मक रहेको माई नगर रग्बी संघका अध्यक्ष रञ्जीत काफ्लेले जानकारी दिए ।
इलाममा यस्ता राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनाले खेलकुद पर्यटनलाई टेवा पुग्ने जिल्ला खेलकुद विकास समिति इलामका प्रमुख नारायण भट्टराईले बताए । प्रतियोगिता सञ्चालनका लागि माई नगरपालिकाले खान र आवासको व्यवस्थापन गरिदिने प्रतियोगिता तयारी समितिका सदस्य राजु लोक्तामले जानकारी दिए । प्रतियोगिता सेभेन ए साईड संरचना अनुसार सञ्चालन हुने छ । नेपाल रग्बी संघले भरखरै विश्व रग्बी संघको सदस्यता प्राप्त गरेको कारण प्रतियोगिता आयोजना महत्त्वपूर्ण साबित हुने आयोजकले अपेक्षा लिएको छ ।
नेपालले यसअघि २०१४ मा एशिया रग्बीको एसोशियस्ट सदस्यता पाएको थियो । त्यसपछि २०१८ जुलाईमा पूर्ण सदस्यता पाएको थियो । नेपाल रग्बी संघले गेट इन टु रग्बी कार्यक्रम देशैभर सञ्चालन सँगै घरेलु प्रतियोगिता पनि सफलता पूर्वक सम्पन्न गरेको छ । गत भदौमा एशिया रग्बीले पूर्ण सदस्यताका लागि सिफारिस पछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो अरुणको पहुँचमार्ग निर्माण सुरु
-
सगरमाथा संवादको तयारी तीव्र
-
लगानी कोषका योगदानकर्तादेखि कर्मचारीलाई गङ्गालालमा छुट
-
१२ बजे, १२ समाचार : टोखामा सुटर पक्राउ गर्न प्रहरीले गोली चलायोदेखि विप्लवले कालिकोटमा गरे भेडा फार्मको उद्घाटनसम्म
-
रियल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा बार्सिलोनाको पुनरागमन
-
मादी गाउँपालिका स्थापना दिवसमा खुला भलिबल प्रतियोगिता