दुर्गेशको नयाँ गीत पनि विवादमा पर्न सक्ने, भनियो केटीहरुलाई छाडा

काठमाडौँ । गीतसंगीतका कारणले पटकपटक विवादमा पर्दै आएका गायक दुर्गेश थापाले नयाँ गीत ‘महँगो मेरो ड्रेस’ ल्याएका छन् । र्याप शैलीमा तयार यो गीत पनि विवादमा पर्ने देखियो ।
गीतमा केटीहरु सबैलाई छाडा भनिएको छ । जुन शब्दले विवाद निम्त्याउन सक्छ । गीतमा शाहरुख खानको छोरीसँग आफूले डटे गरेको समेत बताइएको छ ।
रोशन आएर र एमटिआरको र्याप रहेको गीतको शब्द दुर्गेश र एमटिआरको रहेको छ । गीतमा दुर्गेशले ७ दिनमा आफू आठ चोटी चौकी परेको, केटाहरुले हेला गर्ने, केटीहरुले माया गर्ने भनिएको छ । गीतमा दुर्गेशले आफ्नो ड्रेस महँगो भएको समेत भनेका छन् । गीतको शुरुवातमा दुर्गेशले र्यापर मार्फत आफ्नो प्रशंसा समेत गराएका छन् ।
संगीत समेत दुर्गेश आफैले गरेको गीतको भिडियो पनि उनले नै निर्देशन गरेका हुन् । भिडियोमा दुर्गेशको अलवा अलिना रायमाझी, एमटिआर र रोशन आएर लगायतको अभिनय छ ।
रक कौसलको छायांकन र मिलन विश्वकर्माको सम्पादन भिडियोमा छ । गीत विवादित बनाएर चर्चामा रहन मनपराउने दुर्गेश अभिनेता पल प्रकरणपछि हराएका थिए । अहिले फेरि नयाँ गीत लिएर आएका छन् । जुन गीत पनि विवादमा पर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिमा किन गर्ने शिवको पूजा ?
-
ढाकास्थित नेपाली दूतावासमा सेना दिवस र साहित्यिक महोत्सव सम्पन्न
-
भद्रपुर झापा गोल्डकप : दोस्रो सेमिफाइनलमा झापा ११ र भुटानको डागा युनाइटेड भिड्दै
-
स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
-
पशुपतिनाथ क्षेत्रमा ४ हजार प्रहरी परिचालन, कहाँ–कहाँ छ पार्किङ सुविधा ?