शिवम् सिमेन्टको नाफा ५१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६९ पैसा
![शिवम् सिमेन्टको नाफा ५१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६९ पैसा](https://rpcdn.ratopati.com/media/albums/shivam_7tLJCR6Uf0.jpg)
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा शिवम् सिमेन्टको नाफा ५१.१४ प्रतिशतले घटेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफाको तुलनामा यस वर्ष नाफा घटेको हो । कम्पनीले प्रकाशित गरेको वित्तीय अवस्थान अनुसार आव २०७९÷८० को तेस्रो त्रैमाससम्म ३१ करोड ९९ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २४.७५ प्रतिशतले घटेर चैत मसान्तमा ७ अर्ब २५ करोड ३३ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ४५ करोड ८१ लाख ५ हजार रुपैयाँ कमाएको थियो ।
यस्तै, कम्पनीले समीक्षा अवधिमा ३४ करोड १ लाख ८८ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ७३ करोड ५८ लाख ४३ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ६४ पैसा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
-
इजरायलमा बिपिन जोशीको सुरक्षित मुक्तिका लागि अपिल
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)