औधोगिक प्रतिष्ठानहरुको दवावमा हरियो नोट लिनेहरु सावधान हुनुस् : मेयर सिंह
बारा । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मजदुरहरुको टाउको गनेर औधोगिक प्रतिष्ठानहरुको दवावमा हरियो नोट लिएर नेपाली मजदुरहरुमाथि भेदभाव गर्नेहरु सावधान हुन निर्देशन दिएका छन् । वीरगञ्जमा आजदेखि शुरु भएको रोजगार मेलाको उद्घाट्न कार्यक्रममा सिंहले बारा–पर्सा औधोगिक करिडोरमा काम गर्ने नेपाली मजदुरमाथि प्रतिष्ठानको दवावमा टे«ड यूनियनहरुले विभेद गरेको बताए ।
‘मजदुरहरुको टाउको गनेर औधोगिक प्रतिष्ठानको दवावमा हरियो नोटको लोभमा नेपाली मजदुरहरुलाई विभेद गर्न पाइँदैन,’ सिंहले भने, ‘वीरगञ्जमा कार्यरत हुनुहुन्छ भने वीरगञ्ज बासीलाई यहाँका युवाहरुलाई रोजगारीमा सुविधा दिनुपर्यो यस्का लागि हामी हातेमालो गरेर अगाडी बढ्न तयार छौ ।’
बारा–पर्सा औधोगिक करिडोरमा साना ठुला गरेर ५ देखि ८ सय उद्योगहरु रहेका छन् । ती करिडोरका उद्योगहरुमा काम गर्ने मजदुर तथा प्रशासनिक कर्मचारीहरु भने अधिकाशं भारतीय छन् । वीरगञ्ज महानगरप्रमुख सिंहले करिडोरका उद्योगहरुमा एउटै सिप र पेशामा रहेका समान क्षमता भएका भारतीय र नेपाली मजदुरबीच सेवा सुविधामा विभेद रहेको बताए
‘एउटै सिप र क्षमता भएको एउटा नेपाली इन्जिनियरले १ लाख रुपयाँ पाउछ भने भारतको ईन्जिनियर आएर यहाँ मासिक ५ लाख बुझिरहेको हुन्छ, यो असमानता किन ?’ उनले भने ‘वीरगञ्ज महानगर भित्रका जतिपनि उद्योग,कलकारखाना छन् ति कलकारखानमा वीरगञ्जका युवाहरुले रोजगारी पाउनुपर्छ, सिप भएका नेपालका युवाहरुले रोजगारी नपाउने तर भारतका मजदुरहरु ल्याएर काममा लगाउने किन ?’ ।
वीरगञ्ज महानगरभित्र दैनिक सेवा लिन आउनेहरु मध्ये अधिकाशंले विकास निमार्ण भन्दा पनि रोजगारीको लागि आउने गरेको महानगरले जनाएको छ ।
‘म कहाँ सेवा लिन आउने सय जनामा ९८ जना रोजगारीको लागि आउछन् भने २र३ प्रतिशतले मात्रै यो विकास गराईदे यो काम गर्दे भन्दै आउछन्’ महानगर प्रमुख सिंहले भने ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्षहरु हेमराज ढकाल, ज्योत्साना श्रेष्ठ, उद्योग वाणिज्य संघ मधेश प्रदेश अध्यक्ष अशोक टिमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
उपाध्यक्ष हेमराज ढकालले वीरगञ्ज महानगरले रोजगारीको लागि सिपकेन्द्रको विकास गरेर दक्ष जनशक्ती उत्पादन गर्न रोजगारीको लागि अवसरहरु खुल्ने बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले महानगरसँग सहकार्य गरेर काम गर्न आफूहरु तयार भएको बताए ।
‘नेपाली कामदारहरु बाहिर गएर जे काम पनि गर्ने तर यहाँ उद्योगमा छिरेपछि राजनीति गर्ने प्रवृती छ,उद्योगका कानुनहरु खुला हुनुपर्छ’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालले भने ‘उद्योगीहरुलाई पनि रहर हुदैन बढी पैसा तिरेर काम गरौ तर बाध्यता हुन्छ ।’
दुई दिनसम्म सञ्चालन हुने रोजगार मेलामा बारा–पर्सा औधोगिक करिडोरका उद्योगका प्रतिनिधि, र परामर्शदाताहरु पनि सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको पदभार अगावै क्याम्पस फर्किन विदेशी विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयको अनुरोध
-
दुर्घटनामा परेको अजरबैजानी विमानको भेटियो दोस्रो ब्ल्याक बक्स
-
डलरको तुलनामा अहिलेसम्मकै कमजोर बन्यो भारु
-
माघे सङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो
-
खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
-
बायाँ खुट्टा भाँचिएको थियो, डाक्टरले दायाँ खुट्टाको गरे अप्रेसन