मस्कले छाडे ट्वीटरको सिइयोको जिम्मेवारी, महिलालाई नयाँ सिइयो बनाइने
शुक्रबार, २९ वैशाख २०८०, ०८ : ४६
काठमाडौं। सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोड्ने घोषणा गरेका छन् । एलन मस्कले ट्वीटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् । मस्कले बिहीवार एक ट्वीटमा भनेका छन्, ‘मैले ट्वीटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्तावाट काममा हुनेछिन् ।’
उनले आफु कार्यकारी प्रमुखको रुपमा रहने र सफ्टवेयरको काम लागि खटिने जनाएका छन् । उनले कसलाई ट्वीटरको नयाँ सिइयो नियुक्ती गरेको हो ? त्यो भने खुलाएका छैनन् ।
यद्यपि, ट्वीटरको नयाँ सिइयोमा महिला आउने भने उनले संकेत गरेका छन् । सम्भवत ः एनबीसीयुनिवर्सलकी लिडा याकारिनो ट्वीटरको नयाँ सिइयोको रुपमा आउने सक्ने जनाइएको छ । गत डिसेम्बरमा उनले ट्वीटरको सिइयो छाडने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर
-
१२ बजे, १२ समाचार : रवि ६५ लाख धरौटी बुझाएर थुनामुक्तदेखि दुर्गा प्रसाईंका सहयोगीले ३ लाख बुझाउन नसक्दा कारागार चलानसम्म
-
जिप तोडफोड गर्नेविरुद्ध आपराधिक उपद्रव मुद्दा
-
रुपन्देहीमा विभित्र मुद्दामा फरार १२ जना पक्राउ
-
एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान
-
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई