पल शाहलाई प्रश्न : जेल जानु अगाडिको कथा खै ?
-(1)_lqhmk5zQu9.jpg)
काठमाडौंँ । अभिनेता पल शाहले आफ्नो अभिनय तथा निर्देशन रहेको एक भिडियो विहिबार सार्वजनिक गरेका छन् । ‘तिमीलाई हेर्ने बानी प-यो’ बोलको गीत माथि बनेको म्युजिक भिडियो उनले आफ्नै च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
गीतको भिडियोमा उनले आफुले एक वर्ष जेलमा बिताएको समयको केही घटना उतारेका छन् । नाबालिग बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएका शाहले भिडियोमा पक्राउ परेदेखि रिहासम्मका केही घटना उतारेका छन् । भिडियोमा रिहाइको कामना गर्दै परिवार, साथीभाई, विभिन्न धार्मिक समुदायका मानिसहरुले गरेको पूजाआजा र प्रार्थनालाई समेत देखाइएको छ । पल गत फागुन १५ गते जेल जीवनबाट मुक्त भएका थिए ।
अनु चौधरीको स्वर तथा पुष्प प्रधानको शब्द, संगीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् । भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी, बहिनीको भूमिकामा प्रिन्सु तिवारी र प्रेमिकाको भूमिकामा सुनिसा भट्टराईको अभिनय छ ।
कैदीबन्दीप्रति पनि समर्पित भिडियोले समाचार तयार गर्दासम्म ४ लाख ५० हजार बढी भिउज पाएको छ । भिडियोको विषयलाई लिएर सामाजिक संजालमा विभिन्न कमेन्ट गरिएको छ । कमेन्ट सकारात्मक भन्दा नकारात्मक बढी छ । धेरैले भिडियोमा पक्राउ पर्नु अगाडिको कथा खै भनेर समेत प्रश्न गरेका छन् ।
लक्ष्मण देवकोटा नामक एक सामाजिक प्रयोगकर्ताले भिडियोको कमेन्ट लेखेका छन्, ‘अनि जेल जानु अगाडिको कहानी खोई ?’ त्यस्तै उनको कमेन्टमा अर्काे युजर्सले लेखेका छन्,‘ त्यो चाहियो हामीलाई ।’
त्यस्तै दीपक बस्नेत नामक युजर्सले लेखेका छन् ,‘जेल नेल भोगेको भनेर नेताले फुर्ती लगाउथे । अव अभिनेताको पनि पालो आएछ ।'
अर्काे मिलन सनार नामक युजर्स लेख्छन्, ‘एक नारीलाई गलत देखाएर आफु महान बनेको नायक ।’ राज खड्का नामक युजर्सले लेखेका छन्, ‘जेल जानु अगाडि गरेको कर्तुत पनि भिडियोमा उतारेको भए हुन्थ्यो ।’ कमल पराजुली नामक युजर्स लेख्छन्,‘अनि त्यो बन्द कोठाभित्र भएको भिडियो नउतार्नु नि फेरि ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध