प्रेस काउन्सिलद्वारा कर्मचारीको लागि आवेदन आव्हान
शुक्रबार, २९ वैशाख २०८०, ०६ : २६

काठमाडौँ । नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ । अधिकृत प्रशासन (छैटौँ) सहित १२ जनाका लागि जागिर खुलेको हो ।
आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।
जसअनुसार अधिकृत (प्रशासन) छौठौमा खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा)मा महिला १ जना, सहायक स्तर (पाँचौँ) खुल्लामा २, महिला १, आदिवासी जनजाति १ गरी चार जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
-
पिटर र गियोङ्गमिन पार्कलाई एसिया ट्राइयाथलन कप उपाधि
-
स्याललाई हात्ती बनाएपछि
-
‘सरकार ढल्छ भन्नेहरू देउवा थाइल्याण्डबाट फर्केपछि फत्रक्क गले’
-
कृष्ण प्रधानका तीन कविता
-
एमाले सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन: संसद्मा गलत कुराहरूको तत्काल प्रतिवाद गर्नुस्