मन्त्री मोदी र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका विकास साझेदारबीच भेटवार्ता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमका साझेदारीबीच भेटवार्ता भएको छ ।
बिहीबार सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको विकास साझेदारको रुपमा रहेका स्विट्जरल्याण्ड, नर्वे, संयुक्त अधिराज्य बेलायत र युरोपियन युनियनका प्रतिमण्डलबीच भेटवार्ता भएको हो ।
भेटमा स्विट्जरल्याण्ड राजदूतावासका काउन्सिलर एवं उपनियोग प्रमुख सिल्भाना होग, युरोपियन युनियनका काउन्सिलर एवं समन्वय प्रमुख डा. मार्को जेमर, नर्वे राजदूतावासका काउन्सिलर अफ गभर्नेन्स एनिला खान र ब्रिट्रि राजदूतावासका कार्यवाहक विकास निर्देशक एन्ड्रयु लङ उपस्थित थिए ।
भेटका क्रममा विकास साझेदारी प्रतिनिधिमण्डलले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमको निरन्तरता, कार्यक्रमको ढाँचाको पुनरावलोकन तथा त्रैमासिक रुपमा कार्यक्रमको विस्तृत समीक्षा गर्नुपर्ने लगायतका विषयमा सामूहिक धारणा राखेका थिए ।
मन्त्री मोदीले प्राप्त सुझाव र सल्लाहका आधारमा प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमलाई थप परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । यो कार्यक्रमको लक्ष्यहरु, अवधारणा, अन्तिम प्रभाव र सान्दर्भिकता बाँकी नै रहेकाले यसको एक वर्षको लागि प्रस्ताव गरिएको संक्रमणकालीन वर्ष र त्यस पछिको कार्यक्रमको बहुवर्षीय विस्तारका लागि समेत विकास साझेदारीहरुको सहमति सरकारले अपेक्षा गरेको मन्त्री मोदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित