अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो दक्षिण कोरियामा हुने

काठमाडौँ । इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आईओएफटीसी) को १४औँ संस्करण दक्षिण कोरियाको सोलमा आयोजना हुने भएको छ ।
कोरियन मार्सल आर्टस तेक्वान्दोको आयोजनामा सोलमा हुने उक्त प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुनेछ । गत मार्चमा आइओएफटीसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन र महासचिव केरेन ब्लाकलेजले दक्षिण कोरियाको सोल सहरलाई आयोजनाको जिम्मेवारीस्वरुप जिटु वल्र्ड र्याङ्किङ तेक्वान्दो च्याम्पियनसीपका स्वर्ण पदक विजेता राजु क्षेत्रीलाई आईओएफटीसीको झन्डा हस्तान्तरण गरेका थिए ।
एनआरएन दक्षिण कोरियका पूर्वअध्यक्षका साथै अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री क्षेत्री सोलमा हुने १४औँ आइओएफटीसीमा संयोजकको भूमिकामा रहने छन् । आइओएफटीसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ ।
संयोजक क्षेत्रीले १४औँ संस्करणको आयोजना गर्ने जिम्मेवारी सोललाई दिएकोमा आइओएफटीसीलाई धन्यवाद दिँदै खुशी व्यक्त गरे । अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटीसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ ।
आइओएफटीसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार, पोर्टल्यान्डमा ५ संस्करण, नेपालमा ४ संस्करण तथा भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा १/१ संस्करणको आयोजना भइसकेको छ ।
यस प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, मेक्सिकोलगायतका राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगितामा ७ सयभन्दा बढी खेलाडीले भाग लिने आयोजकले जनाएको छ ।
इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपमा सिनियर पुरुष र महिलाको समान ८/८ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी १०/१० तौल समूह तथा क्याडेट वर्गमा १०/१० तौल समूहमा खेलाइनेछ ।
सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी ३ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल छन् ।
प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र १ सय ३० काश्य पदकका लागि प्रतिस्पर्धा आयोजकले जनाएको छ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो
-
कुनै बेला मार्चमा सुरु हुन्थ्यो नयाँ वर्ष, कसले सार्यो जनवरीमा ?
-
‘जनै हराएको बाहुन’ भदौमा रिलिज हुने