नेसपाले भन्यो–नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्याउनुपर्छ
बिहीबार, २८ वैशाख २०८०, १८ : २०
_xMg2fbeAZr.jpg)
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष अनुसन्धान गरी निष्कर्षमा पुर्याउनुपर्ने बताएको छ । पार्टी अध्यक्ष बाबुराम भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन आग्रह गरेका छन् ।
'निष्पक्ष ढंगले अनुसन्धानलाई अघि बढाएर यसलाई छिटो तार्किक निष्कर्षमा पु¥याउन राज्यका सम्बन्धित निकाय र पदाधिकारीहरुलाई हार्दिक आग्रह गर्दछ', विज्ञप्तिमा भनिएको छ, 'साथै कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन पनि नेसपा खबरदारी गर्दछ ।'
भ्रष्टाचारको समस्यालाई दीर्घकालीन निवारण गर्न शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार ल्याउन पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत