सहायक जिल्ला वन अधिकृतविरुद्ध मुद्दा दायर
बिहीबार, २८ वैशाख २०८०, १८ : १४

काठमाडौँ । मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पदमा बहाल रहँदा उनले गैरकानूनी रुपले ७२ लाख भन्दा बढी रकम आर्जन गरेको ठहर भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनको बहत्तर लाख बाउन्न हजार चार सय असी रुपैयाँ र उनन्साठी पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत नखुलेको भन्दै आयोगले सोही बराबरको बिगो कायम गरी आज विशेष अदालतमा आरोप-पत्र दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा