भुटानी शरणार्थी प्रकरणमा कारबाहीका लागि दबाब दिन वाइसिएलले प्रदर्शन गर्ने
बिहीबार, २८ वैशाख २०८०, १६ : १७
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल)ले भुटानी शरणार्थी प्रकरणमा मुछिएका दोषीलाई कारबाहीका लागि दबाब दिन प्रदर्शन गर्ने भएको छ । शुक्रबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने वाइसिएल अध्यक्ष सुबोध शेर्पालीले बताए ।
सरकारलाई भुटानी शरणार्थी प्रकरणमा सहयोग पुग्नेगरी काम गर्न दिनुपर्ने शेर्पालीले बताए । ‘शक्ति केन्द्रहरूको आडमा सरकारले चालेका महत्त्वपूर्ण कदममा अवरोध नपुर्यास् । दोषि नछुटोस्, निर्दोष नफसोस र भ्रष्टाचारविरुद्धको अभियान नरोकियोस् भन्ने छ’ शेर्पालीले भने, ‘भ्रष्टाचार अनियमिततामा सबैले ऐक्यबद्धता र खबरदारी गर्नु आम नागरिकको जिम्मेवारी हो ।’
वाइसिएलका मातहतका सबै कमिटीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा कारवाहीका लागि दबाब दिन कार्यक्रम गर्न निर्देशन दिएको शेर्पालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दुई दलीय व्यवस्थाको कुरा गर्नेहरू दुष्ट मतिका हुन्’
-
अब म मुक्कुमलुङ जान्छु : महतो
-
विलियमसनको शतकसामु खेर गयो ब्रिट्ज्केको कीर्तिमानी शतक
-
त्रिविकै नसुध्रिएको पुरानै चाला : कात्तिक २९ मा रिजल्ट आयो, तीन महिनासम्ममा ट्रान्सक्रिप्ट बनेन
-
निकुञ्ज र संरक्षण क्षेत्रमा जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन इप्पानको माग
-
‘लाज शरणम्’ को गीतमा बालेन शाहको स्वर