काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का भातृ सङ्गठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । सो पार्टी निकट मोर्चाहरूले बिहीबार राजधानीको माइतीघर मण्डलामा शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
मोर्चाका नेता कार्यकर्ताहरूले दोषीमाथि कारबाहीको माग गरिएका विभिन्न प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया