ओलीको स्वीकारोक्ति : एमाले कमजोर र निस्प्रभावी बन्यो
---copy_73YbvJNzu1.jpg)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले मुलुकको राजधानी काठमाडौँ उपत्यकामा पार्टी जनधार कमजोर र सङ्गठन निस्प्रभावी बनेको स्वीकार गरेका छन् । बिहीबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा उपत्यका पार्टी कामको दृष्टिले अत्यन्त महत्त्वपूर्ण क्षेत्र भए पनि पछिल्लो समय यहाँ एमाले कमजोर र निस्प्रभावी भएको बताएका हुन् । ‘तर पछिल्लो समय यहाँ पार्टीको जनधार कमजोर र पार्टीको सङ्गठन निस्प्रभावी देखिएको छ । राजधानी उपत्यकाको कामलाई विशेष ध्यान दिएर सङ्गठन विस्तार र सुदृढ बनाउन ठोस योजना बनाउनुपर्छ’, ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन् ।
साथै उनले पछिल्लो समय एमालेका तर्फबाट जनसरोकारका सामाजिक–आर्थिक मुद्दाहरूमा पैरवी, परिचालन र दबाबको काम कमजोर हुँदै गएको बताएका छन् । ‘सरकार त गैरजिम्मेवार छ नै, प्रतिपक्षले पनि हाम्रा आवाजहरूप्रति संवेदनशील बनेर दबाब दिन सकेन भन्ने जनगुनासो आउनु सुखद् विषय होइन’, ओलीले भनेका छन् ‘त्यसैले आगामी दिनमा जनताका वर्गीय, सामुदायिक र सामाजिक मुद्दाहरूमा जनवर्गीय सङ्गठनहरू र पार्टी स्वयंले सक्रिय पहल गर्दै सशक्त जनदबाब सिर्जना गर्नुपर्छ ।’
ओलीले जनसङ्गठनहरू पार्टीका हात पाऊ जस्तै भए पनि जनसङ्गठनलाई आफ्नो समुदाय या वर्गमा केन्द्रित गर्न, यहाँ सदस्यता र आधार विस्तार गर्न तथा समुदायका मुद्दामा आधारित रहेर परिचालन गर्न नसकिएको स्वीकार गरेका छन् । ‘जनसङ्गठनमा गरेको कामको मूल्याङ्कन हुँदैन भन्ने अनुभूति छ । यसलाई चिर्दै उनीहरूलाई वैचारिक र सङ्गठनात्मक दृष्टिले बलियो बनाउनुपर्छ, आफ्नो वर्ग या समुदायमा आधारित बनाउनुपर्छ र सरोकारमा मुद्दामा आवश्यकता अनुसारको जनदबाब र आन्दोलनमा उतार्नुपर्छ’, ओलीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होली पर्वले संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्छ : प्रचण्ड
-
सनातन संस्कृतिमा होली र फागु
-
सय दिनसम्म बाँचे टाइटानियमको कृत्रिम मुटुजडित पुरुष
-
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय
-
मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल
-
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह