ओलीको निष्कर्ष : पार्टीपङ्क्ति अन्योलग्रस्त र प्रतिरक्षात्मक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीपङ्क्ति अन्योलग्रस्त र प्रतिरक्षात्मक हुनु परेको टिप्पणी गरेका छन् । बिहीबारदेखि सुरु भएको पार्टीको पाँचौं केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन पेस गर्दै ओलीले यस्तो जनाएका हुन् । प्रतिवेदनमा उनले पार्टीको प्रचारात्मक काम कमजोर भएको उल्लेख गरेका छन् । ‘विपक्षीहरुको प्रोपोगाण्डाले पार्टीपङ्क्तिलाई अन्योलग्रस्त र प्रतिरक्षात्मक बनाएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘तसर्थ प्रचारको क्षेत्रमा ठोस र मूर्त योजना बनाएर यस विषयलाई प्रभावकारी बनाउनुपर्छ ।’
पार्टीको जनसंगठनमा गरेको कामको मूल्याङ्कन हुँदैन भन्ने अनुभूति रहेको भन्दै ओलीले यसलाई चिर्दै उनीहरुलाई वैचारिक र संगठनात्मक दृष्टिले बलियो बनाउनुपर्ने खाँचोसमेत औंल्याएका छन् । सरोकारका मुद्दामा आवश्यकता अनुसारको जनदबाब र आन्दोलनमा जनसंगठनहरुलाई उतार्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सनातन संस्कृतिमा होली र फागु
-
सय दिनसम्म बाँचे टाइटानियमको कृत्रिम मुटुजडित पुरुष
-
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय
-
मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल
-
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै