आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘भगवत् गीता’ र ‘नाङ्गो गाउँ’ भदौ २९ मा भिड्ने

बिहीबार, २८ वैशाख २०८०, १४ : ४७
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । विपिन कार्की, सुहाना थापा, धिरज मगर लगायतको मुख्य भूमिका रहेको फिल्म ‘भगवत् गीता’ २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । 

प्रेमकथामा बनेको यो फिल्म सुनिल कुमार थापाले निर्माण गरेकी हुन् भने झरना थापाले निर्देशन गरेकी छन् । तिजलाई लक्षित गर्दै फिल्मको प्रदर्शन मिति भदौ २९ तोकिएको हो । फिल्मको छायांकन अझै केही बाँकी छ । 

सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस अगाडि फिल्म ‘ए मेरो हजुर ४’ले राम्रो व्यवसाय गरेको थियो ।

यही मितिमा दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्म ‘नाङ्गो गाउँ’ पनि रिलिज हुँदैछ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म लगायतका कलाकारको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप