सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान रोकिनु हुँदैन : गंगालाल तुलाधर

बिहीबार, २८ वैशाख २०८०, १४ : ३५
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव गंगालाल तुलाधरले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कुनै हालतमा रोकिन नहुने बताएका छन् । रातोपाटीसँग विशेष कुरा गर्दै तुलाधरले भुटानी शरणार्थी प्रकरणका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए ।  

‘योभन्दा अघिका सरकारले गरेका ठुला काण्डहरु सतहमा आएका छन् ।  विभिन्न कारणले सेलाएका ती केसहरु आउन थालेका छन् । यो पटक हाइप्रोफाइलका नेताहरु तानिँदै गएका छन्’ रातोपाटीसँग कुरा गर्दै तुलाधरले भने, ‘यो काण्डमा सरकारले खुट्टा कमाउँछ कि दबाबमा पर्छ कि भनेर आशंका गरिएको छ । यस्तो खालको आशंका हाम्रो पार्टीमा उठेको छ ।’ तर, प्रधानमन्त्रीले कुनै हालतमा नरोकिने  भनेकाले आशा पलाएको तुलाधरले बताए ।

‘प्रधानमन्त्रीज्यूले दोषीलाई कारबाही हुन्छ, निर्दोषहरु नपरुन भनेर त्यतिकै सचेत छौँ भनिरहनुभएको छ । गृहमन्त्रीज्यू त्यत्तिकै दृढताका साथ लागिरहेको देखिन्छ’ तुलाधरले भने, ‘यस विषयमा दैनिकजसो संसददेखि सडकमा दबाब बढेको छ । प्रहरीले उच्च मनोबलका साथ काम गरेको छ । मिडियाले प्राथमिकताका साथ समाचारबाट दबाब बढाएको छ ।’ यो पटक नक्कली भुटानी शरणार्थी प्रकरण गुपचुप नजाने भएकाले दोषीलाई कारबाही भएर छोड्ने तुलाधरले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप