कोशी प्रदेशमा वन नियमावली छिट्टै जारी गरिने
विराटनगर । कोसी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावलीको मस्यौंदा माथि छलफल गरेको छ । प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न नियमावली हालसम्म जारी भएको छैन । नियमावली नहुँदा फिल्डमा ऐन कार्यान्वयनमा बाधा परेको र संघीय वन, नियमावलीमा अस्पष्ट भएका विषय प्रदेशमा बन्ने नियमावलीमा स्पष्ट पारेर नियमावली जारी हुने मन्त्री जीवन आचार्यले बताए ।
जिल्ला स्तरमा ऐन कार्यान्वयनमा भएका विविध समस्याका सन्दर्भमा उपभोक्ता समूह तथा मातहतका कार्यालयबाट सुझाव आएकाले नियमावली निर्माणमा ढिलाई गर्न नहुने उनले बताए । आचार्यले सुझाव तथा समस्या समाधानका लागि मन्त्रालयले सदैव तत्पर रहेको र आफ्नो कार्यकालमा ऐन, नियमावली, निर्देशिका लगायतका नीतिगत तहबाट हुने काममा आफूले पहलकदमी लिने बताए ।
वैज्ञानिक वन कार्यविधि खारेजी पछिको समस्या, नदिजन्य वस्तुको व्यवस्थापन, काठ दाउरा व्यवस्थापन तथा पुराना घरको काठ स्थानान्तरण लगायतका विषय नियमावलीमा उल्लेख हुनेछ । २०७७ सालमा जारी भएको प्रदेश वन ऐनले हालसम्म पनि नियमावली नबन्दा यसको कार्यान्वयन हुन सकेको छैन । छलफलमा मन्त्रालयका सचिव डाक्टर सञ्जिवकुमार राई, वन निर्देशक धनन्जय लामिछाने, १५ वटै डिभिजन वन कार्यालयका प्रमुख एवम् वन वातावरणका क्षेत्रमा काम गर्ने कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
-
काठमाडौँ–१६ को उपनिर्वाचनमा १० स्वतन्त्रसहित १८ जना मैदानमा, कसको चुनाव चिह्न के ? (सूचीसहित)
-
रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या
-
उत्तर प्रदेशको सम्भल हिंसामा मर्नेको सङ्ख्या ४ पुग्यो
-
पुसबाट सरेर फागुनमा पुग्यो ‘मायावी’