सिंगापुरमा हट आँचल

काठमाडौंँ । अभिनेत्री आँचल शर्माको लागि २०८० को सुरुवात राम्रो हुन सकेन । उनले अभिनय गरेको ‘नाई नभन्नु ल ६’ को व्यवसाय त राम्रो भएन भने अभिनयबाट पनि उनले सकारात्मक प्रतिक्रिया समेत पाउन सकिनन् । कतिपयले त ‘नाई नभन्नु ल ६’ मा रहेको उनको अभिनय अहिलेसम्मकै कमजोर टिप्पणी गरे । उनले आफ्नो गेटअप र फेसनमा गर्ने मिहिनेत अभिनयमा गरेको भए सुनमा सुगन्ध हुने धारणा धेरैको थियो ।
उनले फिल्म छनोटदेखि अभिनयसम्ममा सुधार गर्नुपर्ने सुझाव समेत दिइएको छ । फिल्म फ्लप भएपछि विभिन्न नकारात्मक टिप्पणीको सामना गरेकी आँचल अहिले सिंगापुर पुगेकी छिन् । फिल्मको तनाव भुल्ल र घुमघाम गर्ने उद्देश्यले उनी सिंगापुर पुगेकी हुन् । सिंगापुरमा पुगेर आँचलले स्वीमिङ पुलमा रमाउँदै विभिन्न फोटो सार्वजनिक गरेकी छिन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा आँचलले पोष्ट गरेका तस्बिरमा उनी निकै हट एण्ड बोल्ड छन् । तस्बिरमा विभिन्न खालका प्रतिक्रिया मिलिरहेको छ । कतिपयले आँचलको तबिरलाई रुचाएका छन् भने कतिपयले आँचल दुब्लाएको भन्दै चिन्ता गरेका छन् । तर तस्बिर हेर्दा उनी सिंगापुर होलिडेमा खुसी देखिन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै
-
लुम्बिनी प्रदेशमा महानगर बनाउने चर्चा कता हरायो ?
-
एमालेको सडक प्रदर्शन सत्ताको दुरुपयोग : नेतृ साह
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने